|

सिन्धुपाल्चोक : विनाशकारी भूकम्प गएको चार वर्ष पुग्नै लाग्यो। सिन्धुपाल्चोकमा भूकम्पपछिको पुन: निर्माण तिव्र रुपमा चलिरहेको छ। भौगोलिक विकटताले भरिएको सिन्धुपाल्चोकमा कतै घर निर्माण सम्पन्न भइसके, कतै बन्ने क्रममै छ। तर भूकम्पपछि निर्माण भएका घरले सिन्धुपाल्चोकको मुहार फेरेको छ। भूकम्पले घरसंरचना ध्वस्त पारेको भएपछि त्यसबाट उत्पन्न असरलाई अवसरको रुपमा सिन्धुवासीले लिएका छन्। 

सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछिको पुन: निर्माणले अन्तिम रुपमा पुगेको छ। निर्माण सामाग्रीको अभाव र महँगी, कामदारको संकट, पानी व्यवस्थापनको चुनौतीलाई कुल्चदै सिन्धुवासीले आफ्नो लागि सुविधासम्पन्न भूकम्पप्रतिरोधी घर निर्माण गरेका छन्। भूकम्पपछि पुन: निर्माणमा सदाचारको लागि ट्राफसेन्सी इन्टरनेशनले नेपालले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ५ स्थित गातीमा गरेको निजी आवास अवलोकनमा भूकम्पपछि बनेका संरचना बलियो बनेको पाइएको  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत उमेश विश्वकर्माले जनाए।

गाति सिन्धुपाल्चोक जिल्लाको विकट बस्तीमा भए पनि भूकम्पपछि निर्माण भएका घरहरू सन्तोषजनक रहेको उनले जनाए। सिन्धुपाल्चोकका धेरै ठाउँको घरहरूकाे  अवलोकन गर्दा गतिमा निर्माण भएका घरहरू धेरै नै बलिया र सुन्दर भएको जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जनाइन्। उनले सुगम क्षेत्रमा निर्माण भएका घरहरू सरकारी राहत लिनकै लागि मात्रै बनाएका भए पनि यस्तो विकट बस्तीमो धेरै राम्रोसँग घर बनाएको अनुभव सुनाइन्।

भूकम्पले सिन्धुपाल्चोकमा धेरै मानवीय तथा भौतिक क्षति पुर्‍याएको भए पनि त्यसको असरलाई अवसरको रुपमा सदुपयोग गरेको गैसस महासंघका सल्लाहकार समितिका संयोजक सोम सापकोटाले जानकारी दिए। सिन्धुपाल्चोकमा सडक, पानी, निर्माण सामग्रीको अभावलाई चिर्दै पछिल्लो समयमा पुन: निर्माणले गति लिएको पनि उनले जनाए।

गाउँमा घर संरचनाको लागि बाटोको समस्याले गर्दा ढिलाई भएको भए पनि आफ्नो वडामा अहिले करिब शत प्रतिशत घर संरचनाको निर्माण भइसकेको बाह्रविसे नगरपालिका ५ का वडाध्यक्ष बेलबहादुर रोक्काले बताए। उनका अनुसार अन्य ठाउँमा भन्दा आफ्नो वडामा बनेका घरहरू अनुदान लिनको लागि मात्रै नभएर असरलाई अवसरमा रुपान्तरणका रुपमा हुनेछ। 

घर निर्माणको लागि आफ्लाई धेरै समस्या परेको अनुभव बाह्रविसे नगरपालिका ५ गातिका स्थानीय टेकबहादुर बस्नेतले सुनाए। ‘घर बनाउँने बेलामै निर्माण सामग्रीको भाउले आकास छोयो। ढुवानीमै समस्या पर्‍याे’ उनले भने, ‘त्यसले आफ्नो परिवार बस्ने घर भएकाले सरकारी अनुदानमाथि जोडजाम गरेरै भए पनि भूकम्प प्रतिरोधी घर बनाए।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.