|

धनगढी :  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल अस्वस्थ भएका छन्। आइतबार साँझ छातीमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

७१ वर्षीय प्रदेश प्रमुख मल्लको अहिले धनगढी स्थित निर्सग अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको छ। उनको उपचारमा अहिले ४ जना चिकित्सक संलग्न छन्।

अस्पतालको यस्तो विज्ञप्ति

धनगढीको निर्सग अस्पतालले प्रदेश प्रमुख मल्लको स्वास्थ्य अवस्था चिन्ताजनक भएको जनाएको छ।

आइतबार साझँ विज्ञप्ति जारी गर्दै अस्पतालले रगतमा सङ्क्रमण भएको र रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम भएको भन्दै अवस्था चिन्ताजनक भएको जनाएको हो। अस्पतालका प्रशासकीय अधिकृतद्धारा जारी विज्ञप्तिमा स्वास्थ्य सामान्य भए भोलि बिहान र थप समस्या भए तत्कालै विज्ञप्ति जारी गर्ने उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.