|

पाकिस्तान भ्रमणमा  रहेका साउदी राजकुमार मोहमद बिन सलमानले पाकिस्तानलाई २०अर्ब डलर बराबरको सहायता दिने भएका छन्। 

सहयाता सम्झौतामा साउदी राजकुमार र पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हस्ताक्षर गरे। अघिल्लो वर्ष आर्थिक वृद्धि दर ५ प्रतिशतले वृद्धि गरेकाले पाकिस्तानको भविष्य उज्ज्वल रहेको भन्दै मोहमद बिन सलमानले पाकिस्तानलाई साउदीले आर्थिक सहयोग गरेको बताए।

यसअघि राजकुमार सलमानलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमानस्थलमै पुगेर स्वागत गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री खानले साउदी अरबमा रहेका आफ्ना देशका मजदुरले भोगेका दुःखका बारेमा राजकुमार सलमानको ध्यानाकर्षण गराए।

२५ लाख पाकिस्तानी नागरिक साउदीमा रहेको जानकारी दिँदै प्रधानमन्त्री खानले उनीहरुमाथि कुनै प्रकारको भेदभाव नहोस् भन्ने चाहना ब्यक्त गरेका थिए। जवाफमा राजकुमार सलमानले आफू पनि पाकिस्तानको प्रतिनिधी रहेको जिकीर गर्दै समस्या समाधान हुनेमा ढुक्क हुन प्रधानमन्त्रीलाई आश्वासन दिएका थिए।

पाकिस्तानले आफ्नो आर्थिक अवस्था कमजोर बनेको भन्दै विदेशी सहयोगका लागि अपील गर्दै आएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.