|
सांकेतिक

भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा भएको चरपन्थी आक्रमणमा परि मृत्यु भएका शहीदप्रति सम्मान गर्दै पाकिस्तानका वेबसाइट ह्याग गरिएको छ। ह्याकरहरुले करीब २ सय पाकिस्तानी वेबसाइट ह्याक गरेका हुन्।

यस्तै ह्याक गरिएका वेबसाइटमा धेरै पाकिस्तानी सरकारी वेबसाइटहरु रहेका छन्। रिपोर्टका अनुसार ह्याकरले वेबसाइटलाई ह्याक गरेर लेखेका छन्– १४ फेब्रुअरी २०१९लाई भुल्न सक्दैनौ। यसको बदला लिएरै छाड्छौं। सरकारी वेबसाइटलाई नियन्त्रणमा लिएर होम पेजमै आइ क््रयुको टीमले ह्याक गरेको दाबी गरिएको छ। पाकिस्तान सरकारले केही वेबसाइटलाई ठीक गरिसकेको छ।

१४ फ्रेबुअरीमा भएको आक्रमणमा भारतीय सेनाका ४० जवानको मृत्यु भएको थियो। यसैबीच, सोही इलाकामा आजै बिहान भएको भिडन्तमा भारतीय सुरक्षा बलका थप चार सदस्य मारिएका छन्। भिडन्तमा सेन्ट्रल रिजर्भ पोलिस फोर्स सीआरएफका एक मेजरसहित ४ जनाको मृत्यु भएको हो। भिडन्तमा एक सर्वसाधारण पनि मारिएको र केही जवानहरु घाइते भएका छन्।

अहिले दोहोरो भिडन्त रोकिएको भए पनि संयुक्त गस्तीमा रहेको भारतीय सुरक्षा बलले घेरबन्दी कायम राखेको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.