|
File Photo

काठमाडाै‌ं : आईसीसी टी–२० महिला विश्वकपको एसिया छनोटमा नेपालले केहीबेरमा मलेसियासँग खेल्दै छ। 

सोमबारदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमाको दोस्रो दिन आज नेपालले मलेसियासँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुँदैछ ।

नेपालको यो पहिलो खेल हो भने मलेसियाले सोमबार कुवेतलाई हराएको थियो। नेपाल पहिलो खेलमा स्पष्ट जीतको खोजीमा हुनेछ भने मलेसिया पनि आफ्नो अपारजि यात्रा कायमै राख्न चाहन्छ।

महिला विश्वकपको एसिया छनोटमा नेपालसहित चीन, कुबेत, थाइल्याण्ड, चीन र हङकङ छन्। नेपालले अर्को खेल फेब्रुअरी २१ मा आयोजक थाइल्याण्डसँग खेल्ने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.