|

काठमाडौं : मुस्लिम आयाेगकाे अध्यक्षका लागि संवैधानिक परिषदद्वारा सिफारिस समिम अन्सारीविरुद्धका उजुरीबारे संघीय संसदको सार्वजनिक सुनुवाइ समितिले अनुसन्धान पछिमात्रै आवश्यक निर्णय लिने भएको छ।

संसदीय सुनुवाइ समितिकाे मंगलबार बसेकाे बैठकले उजुरीकर्ता गाेकुल खत्रीसँगकाे छलफलपछि मुस्लिम आयाेग अध्यक्षमा सिफारिस अन्सारीकाे राजनीतिक दलबाट राजिनामा दिए/नदिएको, नागरिकता र शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान र छानबिनपछि मात्रै सुनुवाइ प्रक्रिया अगाडि बढाउने समिति सभापति लक्ष्मणलाल कर्णले बताए।

उजुरीकर्ता खत्रीले अध्यक्षमा सिफारिस भएका अन्सारीको नागरिकता २५ वर्षको उमेरपछि मात्रै लिएकाे, शैक्षिक प्रमाणपत्रमा पनि कैफियत देखिएकाे तथा प्रमाणपत्र आयाेग अध्यक्षमा सिफारिस भएपछि मात्रै सार्वजनिक गरिएको भन्दै समितिमा उजुरी दिएका थिए। खत्रीले काठमाडौं जिल्लाबाट नागरिकता लिन उमेर २५ वर्षपछि लिनुकाे कारण के हाे?, मदरसाबाट डिप्लोमा गरेको प्रमाणपत्रकाे त्रिभुवन विश्वविद्यालयबाट समकक्षता (इक्युभ्यालेन्ट) लिएको जुन डिप्लोमा पास गरेको १४ वर्षपछि मात्रै लिइएको र नेकपाकाे केन्द्रीय सदस्यमा अझै पनि नाम रहेकाे बताए।

कुनै पनि पार्टीमा आवद्ध व्यक्ति संवैधानिक आयाेगमा याेग्य हुँदैन। सांसदहरूले अन्सारी विरुद्धका उजुरीबारे प्रष्ट नभएसम्म अगाडि बढ्न नहुने बताएका थिए। समितिले अन्सारीकाे नागरिकताबारे काठमाडौं जिल्ला प्रशासनबाट पारिवारिक विवरणसहित लेखिपठाउन पत्र पठाउने, पार्टीमा संलग्नताबारे निर्वाचन आयाेगलाई पत्र पठाउने र शैक्षिक प्रमाणपत्रबारे सम्बन्धित निकायमा पत्र पठाउने निर्णय गरिएकाे सभापति कर्णले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.