|

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा हुने प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा बुधबार दर्ज्यानी चिह्‍न प्रदान गरिएको छ।

बढुवा हुनेलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिह्‍न प्रदान गरेका हुन्। गृह मन्त्रालयको फागुन ७ गतेको निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा १३ जना बढुवा भएका थिए। त्यस्तै प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा २६ जना बढुवा भएका थिए। बढुवा प्रकृयामा असन्तुष्टि जनाउदै एकजना एसपी नरेन्द्र उप्रतीले सेवाबाट राजीनामा दिएका थिए। 

दर्ज्यानी चिह्‍न प्रदान गर्दै महानिरीक्षक खनालले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमानदारीसहित एक ढिक्का भएर काम गर्न निर्देशनसमेत दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.