|

काठमाडौं : ओखर मिठो मात्र हाेइन स्वास्थ्यको लागि पनि धेरै फलदायी हुन्छ। नियमित ओखर खानाले विभिन्न खालका शारीरिक समस्या बाट टाढा राख्ने मात्र हाेइन नियमित ओखर खानाले मानसिक समस्याबाट समेत छुटकरा दिलाउँछ। हालै अमेरिकामा गरिएको एक अध्ययनले नियमित ओखर खानेलाई डिप्रेशनको समस्या नहुने देखाएको छ।

क्यालिफोनिया विश्वविद्याय गरेको एक अध्ययनमा नियमित ओखर खानेमा डिप्रेशन हुने सम्भावना २६ प्रतिशत कम भएको देखिएको शोधकर्ता हरुले बताएका छन्।हरेक व्यक्ति युवा अवस्थामा एक पटक मानसिक समस्यामा गुर्जिए भए पनि नियमित ओखर खाने युवामा डिप्रेशनको समस्या कम देखिएको अनुसन्धानले जनाएकव छ। नियमित ओखर खानाले शरीरमा विशेष किसिमको ऊर्जा मिल्ने हुनाले सोच्ने  र कुनै पनि समस्या समाधान गर्ने मानसिक ऊर्जा प्रदान गर्ने हुनाले नियमित ओखर खानेमा डिप्रेशनदेखि जटिल प्रकारका मानसिक समस्याबाट टाढा राख्ने अनुसन्धानले देखाएको हो।

यस्ता छन् अन्य ओखर खादा हुने फाइदा

- मुटुरोगीको लागि नियमित ओखर सेवन गर्नु फाइदाजनक मानिन्छ। यसका साथै मधुमेहका समस्या भएकाको लागि पनि ओखर फाइदाजनक मानिन्छ।

-ओखरमा प्रचुर मात्रामा क्याल्सियम हुने भएकाले हाडजोर्नीसम्बन्धी समस्या हुनेको लागि ओखर खानु फाइदाजनक हुन्छ यसले हड्डी समेत बलियो बनाउँछ।

-ओखरमा भिटामिन इ हुने भएकाले यसले छालालाई सुन्दर बनाउनुका साथै छालासम्बन्धी समस्याबाट टाढा राख्छ।

-ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइने हुनाले यसले शरीर दुःख्ने, पोल्ने, जोर्नीको समस्याबाट जोगाउँछ।

- ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो। ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६ जस्ता अत्यावश्यक तत्व पाइन्छ जसले विभिन्न समस्याबाट जोगाउँछ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.