|

काठमाडौं : सरकारी चिकित्सकहरूले  देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने भएका छन् । समायोजन प्रक्रियामा असहमति जनाउँदै चिकित्सकहरूले शुक्रबार सेवा ठप्प पार्न लागेको सरकारी चिकित्सक संघ नेपाल गोदानले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

काठमाडौं उपत्यकाका चिकित्सकहरुले शुक्रबार बिहान १० बजे वीर अस्पतालबाट र्‍याली निकालेर माइतीघर मण्डलामा पुगी सभा गर्ने भएका हुन् । समायोजनका विषयमा आफूहरूको असन्तुष्टि सम्बोधनका लागि पटकपटक सरकारसँग छलफल गरे पनि माग सम्बोधन नभएपछि शुक्रबार आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा उत्रिन लागेको सरकारी चिकित्सक संघ गोदानका महासचिव डा. रविन खड्काले जानकारी दिए। 

चिकित्सकहरूको आन्दोलनका कारण सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन नहुने भएको छ। चिकित्सकहरूले सरकारले माग सम्बोधन नगरे सामूहिक राजीनामा दिने तयारीस्वरूप हस्ताक्षर संकलनलाई समेत तिव्रता दिएको डा. खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.