|

बिर्तामोड : झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा झापा दुहागढी-५ का ३४ वर्षीय सथिमान थाम्सुहाङको मृत्यु भएको हो। 

आइतबार करिब ११ बजे उनी सवार मे ६ प ६९१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिर्तामाड-६ स्थित नयाँ बसपार्क छेउमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनाबाट गम्भीर घाइते बनेका थाम्सुहाङको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख ढुण्डिराज गिरीले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.