|

काठमाडौं : साहित्यकार बिन्दु शर्माका दुई पुस्तक बजारमा आएका छन्।

शर्माका 'ओक्कल दोक्कल पिपल पात' कवितासंग्रह र 'नेपाली समालोचनाका नवीन आयाम-समालोचना संग्रह' बजारमा आएका हुन्।

शर्माको कवितासंग्रहबारे समालोचक ज्ञानु अधिकारीले पहिलो कवितासंग्रह भए पनि निकै शसक्त भएको र यसले समाजमा व्याप्त नारी शोषणको घतलाग्दो तरिकाले चित्रण गरेको बताए। उनले कविता लेख्न सजिलो नभएको तर कविताको पहिलो प्रयासमै शर्मा यसमा तिखारिएको टिप्पणी गरे।

त्यसैगरी, समीक्षक केशव सिलवालले शर्माका कवितामा अटाएका विविध विषयमाथी टिप्पणी गरेका थिए।

त्यस्तै शर्माको समालोचनासंग्रहमाथी समीक्षा गर्दै डा. अशोक थापाले उनको समालोचना शैलीमा देखिएका राम्रा तथा केही कमजोरी औँल्याएका थिए। डा. सुधा त्रिपाठीले शर्माले कवितामा व्यक्त गरेका भाव निकै कठोर र निर्भिक रहेको प्रतिक्रिया दिइन। उनले लेखक शर्मालाई सकारात्मक अर्थका छुच्ची लेखकको रूपमा व्याख्या गरेकी थिइन।

शिखा बुक्सको प्रकाशन रहेको १०४ पृष्ठको शर्माको कवितासंग्रह 'ओक्कल दोक्कल पिपल पात'को मूल्य १७५ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.