मनोरञ्जन

कलाकारलाई दर्शकले स्टार बनाउने हो, निर्देशकले होइन
SHARES

फागुन १६, २०७५

    काठमाडौं : हेमराज बिसी निर्देशित फिल्म 'दि ब्रेकअप' र युवा स्टार अनमोल केसी अभिनित फिल्म 'क्याप्टेन'को रिलिज 'वार'ले यतिबेला सिनेमा नगरीमा गर्माइरहेको छ। 'होस्टेल' फिल्मबाट निर्देशनमा आएका हेमराजले उक्त फिल्मबाटै अभिनेताका रूपमा उदाएका अनमोललाई स्टार बनाएको सम्म चर्चा चल्छ। तर, योपटक दुवैजना एकअर्कामा प्रतिस्पर्धामा उत्रिएका छन्।

    अनमोल स्टारर बन्नुको क्रेडिट तपाईंलाई जान्छ भनिन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा हेमराजले भने, 'स्टार दर्शकले बनाउने हो कुनै निर्देशकले होइन, मैले अनमोललाई स्टार बनाएको होइन।' आफूले भ्याएसम्म राम्रो फिल्म बनाएर दिने कोसिस गर्दै आएको भन्दै हेमराजले त्यो यात्रामा कुन कलाकारलाई माया दिने स्टार बनाउने भन्ने दर्शकको हातमा रहने बताए ।

    आफ्नै निर्देशन रहेको फिल्म 'ग्याङ्गस्टर ब्लुज'बाट डेब्यु गरेका अभिनेता आशिरमान देशराज जोशीसँग नै 'दि ब्रेकअप'मा काम गरेर हेमराजले दोस्रो सहकार्य गरेका छन्। अनमोलसँग 'होस्टेल', 'जेरी' र 'गाजलु'मा काम गरेका हेमराजले फरक प्रसंगमा कामको हिसाबले भने आशिरमान पर्फेक्ट भएको दाबी गरे।

    दुवै अभिनेतासँग दोहोरिएर काम गर्नुभएको छ, अभिनयको अब्बलतामा कसलाई रोज्नुहुन्छ भन्ने प्रश्नमा हेमराजले भने, 'आइ विल गो विथ आशिरमान।' 'व्यवहार दुवैको राम्रो छ, पर्फमेन्सको हिसाबले स्कृप्टअनुसार काम दुवैले राम्रो दिनसक्छन्, हेमराजले थपे, 'ग्याङ्गस्टर ब्लुजदेखि ब्रेकअपसम्म आउँदा आशिरले गरेको कामबाट आफू प्रभावित छु।'

    हेमराजले 'होस्टेल'मा काम गर्दादेखि आजसम्म आफू पनि निखारिँदै आएको बताए। 'अनमोलबाट 'होस्टेल' 'जेरी'मा जुन प्रकारको काम निकाल्न सकेँ त्योभन्दा राम्रो काम आज आशिरमानबाट पाएको भन्दै भोलिका दिनमा अनमोलसँग काम गर्दा त्योभन्दा बेटर निकाल्न सक्‍छु उनले भने, 'समयक्रममा काममा निखारता आउँछ त्यसमा दोस्रो फिल्मसम्म आइपुग्दा अनमोलको भन्दा केही बढी आशिरमानमा पाएको उनको भनाइ थियो। योभन्दै गर्दा जवाफ फर्काउन गार्हो परेको हेमराजको भनाइ थियो। उल्लेखित दुवै फिल्म यही फागुन १७ बाट प्रदर्शनमा आउँदै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]