|

काठमाडौं : नेपाली सिने नगरीमा चर्चित र सफल निर्देशकको छवि बनाएका निर्देशक हुन् हेमराज बिसि।उनका यस अघिका फिल्म 'होस्टेल' 'जेरी' गाजलु फिल्म हिट बने। भने 'ग्याङ्गस्टर ब्लूज'ले भने दर्शकले त्यति मन पराएनन्। विसि भन्छन्, 'काम गर्दै जाँदा दर्शकले मन पराउनुहुन्छ भन्ने हुँदैन।  दर्शकको प्रतिक्रियाअनुसार नै सुध्रदै जाने हो।'

 हेमराज बिसी निर्देशित फिल्म 'दि ब्रेकअप' र युवा स्टार अनमोल केसी अभिनित फिल्म 'क्याप्टेन'को रिलिजले नेपाली सिने नगरी गर्माइरहेको छ। दुवै फिल्मलाई आम नेपाली चलचित्र दर्शकको लागि प्रतिक्षाको विषय बनेको छ। फिल्मि जुध्नु व्यवसायिक रूपमा दुवैलाई घाटा निश्चित छ। तर फिल्म जुधाईले आफूलाई कुनै फरक नपर्ने बिसि बताउँछन्। उनी भन्छन्,  मेरो फिल्म कसैसँग जुध्नु प्रतिस्पर्धा होइन्। मेरो प्रतिस्पर्धा मेरा अघिल्ला फिल्मसँग हुने गर्छ।'

फिल्म जुध्नु भन्दा पनि फिल्म सगँसगैँ लाग्ने कुरा गर्दा उचित हुने उनी बताउँछन्। अनमोल स्टारर बन्नुको क्रेडिट विसिलाई जाने गरेको छ। स्टार दर्शकले बनाउने हो कुनै निर्देशकले होइन भन्ने कुरामा ध्यान दिनुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ' कृपया मलाई अनमोललाई स्टार बनाएको क्रेडिट नदिनुस, दर्शकलाई दिनुस्।'  आफुले आफ्नो कामलाई सकेसम्म  राम्रो फिल्म बनाउने कोशिस गरिरहेको बताए।

दुई ठूलो व्यानरको फिल्म सगैँ चल्नु भन्दा एउटा ठूलो र अर्को सानो व्यानरको फिल्मसँग भिड्नु बढ्ता घातक हुने उनी बताउँछन्। ठूलो व्यानरको फिल्म सगैँ चल्नु सामान्य रहेको उनको बुझाई छ। यसपाली निर्मातालाई फिल्मले राम्रो आम्दानी गर्नेमा उनी ढुक्क छन्। उनले हरेक फिल्म बनाउँदा आफूले सक्ने जति मेहनत गरिरहेको बताए। अहिलेसम्म बनाएका आफ्ना फिल्मले आफूलाई सन्तुष्ट नै बनाएको उनको ठम्याई छ। भलै उनको  'ग्याङ्गस्टर ब्लूज' फिल्म दर्शकले मन पराएनन् यो पाटो भने छुट्टै छ।

नेपाली चलचित्रमा उनको रुचि फ्लस टु पढ्दा ताकाबाट सुरू भएको उनी सम्झन्छन्। त्यो भन्दा पहिले पनि थियो होला तर उनलाई त्यति सम्झना छैन।सुरूवाती दिनमा फिल्म भन्ने बितिक्कै हिरो हिरोइन मात्र हुन्छन भन्ने लाग्थ्यो उनलाई। उनले फिल्महरू अझ गहिराइमा पुगेर हेर्न थाले। त्यसपछी उनलाई लाग्यो हिरो हिरोइनहरूलाई ह्याण्डल गर्ने पनि कोहि हुदाँरहेछन्। त्यसपछी झन उनी फिल्म निर्देशन नगरी नछोड्ने निचोडमा पुगे।

उनले आफू फिल्म बनाउने लक्ष्य लिए। लक्ष्य लिदैँमा पुरा हुदैन थियो उनको हकमा।  उनले घरमा फिल्म पढ्छु भनेर बुबा आमालाई भने। अहिले त नेपाली चलचित्रलाई व्यवसायीक नहेर्ने नेपाली समाज त्यसबेला उनको यो फिल्म पढ्ने चाहना सहज थिएन्। एक वर्ष उनले घुर्कि लगाए। पढाई छुटाए। तर बुबा आमा उनको फिल्म पढ्ने कुरालाई नकारीरहे। एक वर्ष पछी उनले सोचे, 'घरमा बसेर ल क्ष्य भेटाउन मुस्किल, अब केही गर्नु पर्छ।'  जिन्दगीमा गलत गर्नु हुदैन्। आफ्नो मनले जे भन्छ, जे गर भन्छ त्यो गर्नुपर्छ भन्ने लागिरह्यो उनलाई। फिल्मको दुनियाँले उनलाई यसरी तान्यो कि १९ वर्षको उमेरमा उनी घरबाट भागेर मुम्बई पुगे।

सात वर्षको अवधिमा उनले सिरियलमा काम गरे। फेसन शोमा काम गरे। सन् २०११ मा बुबाको मृत्युपछी भने उनी नेपाल आए। नेपाल आएको ४५ दिन नबित्दै उनी पुन मुम्बई हानिए। मुम्बई हानिएपछी उनका भाईले आफूलाई एक्लोपन महसुस गरे। भाई डिप्रेशनमा पुगे। भाइको डिप्रेशनको उपचारको लागि उनी सदा सदाको लागि नेपाल फर्के। नेपाल फर्केर भाइको स्याहार सुसार गरे। भाइलाई डिप्रेसनबाट मुक्त भएपछि उनी फुर्सदमा थिए। 

त्यसबेल सुनिल रावल होस्टल फिल्मका लागि निर्देशकको खोजीमा थिए। आफ्नो पुरानो चिनारी भएको आधार र फिल्म सम्बन्धी ज्ञानको कारण बिसिले होस्टल फिल्म निर्देशन गरे। जुन नेपाली चलचित्रको हिट फिल्ममा सुचिमा रहेको छ। फिल्मले के दियो के दिएन त्यो फरक कुरा हो। तर कमसेकम उनले हिम्मत गरेर आफ्नो लक्ष्य भेट्टाउने कोशिष चाहिँ गरे। यो कुराबाट सन्तुष्ट बन्छन् उनी। आफूले गरेको काम प्रति आफू सधैँ बफादार रहेको बताउने उनी भन्छन्, 'सफलताको सूचक केहो मलाई थाहा छैन। सन्तुष्ट नै सफलताको आधार मान्ने हो भने म सफल व्यक्ति हुँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.