|

काठमाडौंः दिवंगत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वउपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन्।

धुम्बाराहीस्थित पार्टीको केन्द्रिय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएर उनको सम्मान गरेका हुन्।

दिवंगत नेता अधिकारीको सम्मानमा एक मिनेट मौनधारणसमेत गरिएको थियो। श्रद्धाञ्जली कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेलले जेष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफै बनाउलगायतका लोकप्रिय कार्यक्रम ल्याएर देश र जनतामा अमिट छाप छोड्न सफल भएका स्वर्गीय अधिकारीले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै पार्टीको तर्फबाट शोक व्यक्त गर्दै शोकमग्न परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.