|

म्याङलुङ : तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङमा घरमा भएको आगलागीमा परी एक किशोरीको मृत्यु भएको छ । 

मंगलबार बिहान ६ः१५ बजे भएको आगलागीबाट २० वर्षीया सम्झना कार्कीको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए। आगलागीबाट उनकी आमा राममाया कार्की घाइते भएकी छन्।

राममायाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयवासीले बताए। आगलागी के कारणबाट भयो भनेर अनुसन्धान भइरहेको सूचना अधिकारी गौतमले बताए।

आगलागीबाट कार्कीको  काठले बनेको दुईतले घरमा क्षति पुगेको छ। भने १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।
। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.