|

काठमाडौं :  प्रहरीले १०५ केजीसहित धादिङबाट तीन जनालाई पक्राउ गरेको छ। 

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसमा लुकाई राखेको १०५ किलो चरेशसहित  धादिङको गजुरीबाट तीन जनालाई नियन्त्रणमा लिइएको धादिङ प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बस चालक लालबहादु शाह समेत छन्।  अन्यमा  अनिल चौधरी र श्रीराम साह रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई आइतबार बिहान ११ बजे पत्रकार सम्मेलन गरी थप जानकारी दिने प्रहरीले बताएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.