|

उदयपुर : बढ्दो जलवायु परिवर्तनबाट पर्यावरण जोगाउने सन्‍देश दिनूभुगोलपार्क निर्माण गरिएको छ। उदयपुरको कटारी नगरपालिकाले कटारी बजारको गोलोपार्कमा भूगोलपार्क निर्माण गरिएको हो।

जलवायु परिवर्तनले पर्यावरणमा पारेको असरलाई न्यूनीकरण गर्न सन्देश दिनेगरी भूगोलपार्क निर्माण गरिएको कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। ‘वातावरणमा आएको परिवर्तनले पर्यावरणमा असर पुर्‍याएको छ, त्यही असर न्यूनीकरण गर्न सन्‍देशमूलक भूगोलपार्क निर्माण गरिएको हो,’ उनले भने, ‘बढ्दो वातावरणीय असरले पृथ्वीलाई पारेको असरबारे धेरैलाई कम जानकारी छ, त्यसैले तिनलाई पृथ्वी बचाइराख्न सन्देश दिनु पनि पार्क निर्माणको उद्देश्य हो।’

करिब ३६ लाखको लागतमा पार्क निर्माण गरिएको पार्कमा सातजनाले पृथ्वीलाई हातले उचालेका छन्। पृथ्वी साझा हो, यसलाई जोगाइराख्नु सबैको कर्तव्य हो भन्ने सन्देश दिने नगरपालिकाका सवइन्जिनिर ओम मिश्रले बताए। ‘वातावरणको संरक्षण गरौँ, पृथ्वीको पर्यावरण जोगाऊँ’ कटारी नगरपलिकको मूलमन्त्र नै हो,’ उनले भने, ‘नगरपालिको मूलमन्त्र नै वातावरण संरक्षण र पर्यावरण जोगाउने भएको त्यसैलाई आत्मसात गर्दै भूगोल पार्क बन्यो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.