|

संखुवासभा : ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ। संखुवासभा पाँचखपन नगरपालिका–८ सुनखानीमा ट्याक्टर  दुर्घटना हुदाँ भोजपुर नगरपालिकाका–२ छिरीङ शेर्पाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरीले जनाएको छ।

ना ५ त २३३० नम्बरको ट्याक्टर बुधबार साँझ सडकबाट १५० मिटर तल खस्दा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। ट्याक्टर चैनपुर नगरपालिकाबाट पाँचखपनको वानातर्फ जाँदै गर्दा सडकबाट १५० मिटर तल खसेको थियो। मृतक शेर्पाको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र  चैनपुर लगिएको प्रहरी निरीक्षक राईको भनाइ छ।

आगलागी बाट ३ लाखको क्षति

खरवारीमा लगाएको आगो अचानक घरमा पुगेपछि चैनपुर नगरपालिका– ११ ओडारेमा एक घर जलेर नष्ट भएको छ। बिहीबार दिउँसो १ लागेको आगोले मीनबहादुर जिमीको घर जल्दा ३ लाखको क्षति भएको प्रहरीले जनाएको छ।

आगोलागीबाट जिमीको घरभित्र रहेको खाद्यान्य, लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएको छ। आगोले कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। आगो प्रहरी र स्थानीयबासीले २ घण्टापछि मात्र नियन्त्रण लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.