|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रिक्त रहेका तहको उपनिर्वाचन गरेर जनप्रतिनिधिहरू छिट्टै पूर्ति गरिने बताएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले त्यस्तो बताएका हुन्।

गतवर्ष सम्पन्न भएको निर्वाचनपछि संघ, प्रदेश र स्थानीय तह, जिल्ला समन्वय समितिमा विभिन्न कारणले देशभर करिब एक हजार जनप्रतिनिधि खाली छन्। यसबारेमा सरकारले छिट्टै निर्णय गरेर उपनिर्वाचन गर्ने मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनमा बताएका हुन्।

निर्वाचनमा प्रतिनिधित्व हुने व्यवस्थाका कारण थुप्रै ठाउँमा दलित कोटामा रहेको सदस्य पदमा उम्मेदवारी नै पर्न नसकेको भन्दै मन्त्री बाँस्कोटाले त्यसमा अरू कुनै व्यवस्था बनाउन सकेको भए अरू सीमान्तकृत वा पछाडि पारिएका समुदाय वा खुलाबाट पनि प्रतिनिधित्व गराउन सकिने बताए।

'निर्वाचनमा हामीले यस्तो व्यवस्था गरेका छौँ, जहाँ कुनै पनि वडामा अनिवार्य रूपमा कथित दलित समुदाय हुनैपर्ने व्यवस्था गरेका छौँ। नभएको वडा खाली हुने भयो', मन्त्री बाँस्कोटाले भने, 'त्यहाँ अर्को परिकल्पना गरेका रहेनछौँ। त्यस्तै, पछाडि परेको महिला वा पछाडि परेको समुदायका मानिसहरूले पनि उम्मेदवारी दिन पाइन्छ भन्ने व्यवस्था भएको भए त्यो खाली रहने थिएन।' यी र अन्य थुप्रै कारणले जनप्रतिनिधि खाली रहेको भन्दै मन्त्री बाँस्कोटाले त्यसमा समयक्रमअनुसार उपनिर्वाचन हुने बताए।

अहिले देशभर करिब एक हजार जनप्रतिनिधिको पद रिक्त छ। मृत्यु भएका, राजीनामा दिएका, निर्वाचनमा उम्मेदवारी नै नपरेर निर्वाचन नै नभएका र जिल्ला समन्वय समिति गठन हुँदा रिक्त हुन पुगेको पदमा पदपूर्ति नहुँदा जनप्रतिनिधिको ठूलो संख्या रिक्त हुन गएको हो। देशभर १७५ दलित कोटाका वडा सदस्यहरूको पद रिक्त छन्। स्थानीय तह निर्वाचन ऐनमा वडामा रहने ४ मध्ये २ महिला र उक्त २ मध्ये १ जना दलित सदस्य हुनुपर्ने व्यवस्था गरेको छ।

यो पनि पढ्नुस्ः

विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही हुन्छ : मन्त्री बाँस्कोटा

मन्त्रिपरिषद २० निर्णय : विप्लवलाई प्रतिबन्धदेखि राजदूतलाई मन्त्रीको हैसियतसम्म (पूर्णपाठ)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.