समाज

बाबुको मृत्युको दुई महिना नबित्दै छोरा ओमनमा मृत भेटिए
SHARES

चैत १, २०७५

    गुल्मी : राताडाँडाका रायमाझी परिवारमा शोक थपिएको छ। इस्मा गाउँपालिका २ रातडाँडाका ३३ वर्षीय नीरबहादुर रायमाझी ( निराजन ) ले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै ओमनमा आत्महत्या गरेका हुन्।

    ओमनको राजधानी मस्कटको दारसाइटमा रहेको रेष्टुरेण्टमा कार्यरत रायमाझी आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको उनका काका राजु रायमाझीले जानकारी दिए । रातडाँडा बेसी घर बनाएर बसे पनि उनिहरुको पुर्खेयौली घर मुसिकोट नगरपालिका–३ पेंगा हो ।

    दुई महिना अघिमात्र हृदयघातबाट बाबु देवबहादुर रायमाझीको मृत्यु भएको थियो। वडाध्यक्ष  कर्णध्वज जिसीका अनुसार मृतकका श्रीमती दुई छोरा, आमा, तीन दाजुभाइ र दिदी बहिनी छन्।

    मृतकको शव ओमन स्थित एक अस्पतालमा रहेको बताइएको छ। नेपाली दूतावासले छिट्टै शव नेपाल पठाउने तयारी गरिरहेको ओमनस्थित एनआरएनका सचिव डीबी क्षेत्रीले जानकारी दिए। नीरबहादुर गत आठ वर्षदेखि ओमनमा कार्यरत थिए । उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]