नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने

|

विराटनगर : विराटनगरको शहीद रंगशालामा जारी पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम सकिएको छ। आइतबार भएको प्रतियोगिताबाट भारत समूह ‘बी’को बिजेता बनेको छ।

श्रीलंकासँग भएको खेलमा भारतले शून्यका विरुद्ध ५ गोल गर्‍यो भने भारतसामू श्रीलंका निरिह बन्न पुग्यो। पराजित श्रीलंका भने ३ अंकका साथ समूह उपविजेता बनेको छ।

अब भारतले सेमिफाइनलमा बंगलादेशसंग खेल्नेछ। बंगलादेश समूह ‘ए’ को उपविजेता हो। श्रीलंकाविरुद्ध एकतर्फी जित निकाल्न भारतका लागि दाङमेई ग्रेस, सन्ध्या रंगनाथन, इन्दुमति खाथिरीसान, संगिता बास्फोरे र रतन बाला देवीले एक एक गोल गरे। खेल अवधिभर श्रीलंकालाई भारतले निरन्तर दबाबमा राखेको थियो। भारतीय गोलकिपर सामू श्रीलंकाले गोल प्रहार गर्न सकेन।

भारतले पहिलो हाफमै ४ गोल गरेको भारतले दोस्रो हाफको सुरुमै अर्को गोल थप गरेको थियो। अब ६ गते हुने पहिलो सेमिफाइनल नेपालले श्रीलंकासँग खेल्नेछ भने दोस्रो सेमिफाइनल भारतले बंगलादेशसँग खेल्नेछ।

समूहको पहिलो खेलमा दुवै टोलीले माल्दिभ्सविरुद्व सहज नतिजा निकालेका थिए। भारतले माल्दिभ्सलाई ६-० ले हराएको थियो। श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.