|

युभेन्टसले इटालियन सिरी ए फुटबलमा जारी सिजन पहिलो हार ब्योहोरेको छ। सिरी ए फुटबलमा अपराजित यात्रा बनाइरहेको युभेन्टसको जारी सिजनको यात्रालाई जेनोआले पुर्ण विराम लगाएको हो।

लिग अन्तर्गत आइतबार राति भएको भएको खेलमा युभेन्टस जेनोआसँग अप्रत्यासित रुपमा पराजित हुँदा उसका स्टार स्ट्राइकर रोनाल्डो भने टिममा थिएनन्। घरेलु टोली जेनोआको जितमा युभेन्टसका पूर्व खेलाडी स्टेफानो स्टुरारोले ७२ तथा गोरानो पान्देवले ८१ औँ मिनेटमा गोल सम्भव बनाए।

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गरेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई आराम दिँदा ११ महिनापछि युभेन्टसले पराजय ब्याहोर्यो।

युभेन्टस सिरी ए फुटबलमा यसअघि गतवर्षको २२ अप्रिलमा पहिलो पटक पराजित भएको थियो। जारी सिजनमा भने युभेन्टसले ३ खेलमा बराबरी गरेपनि पराजित भने भएको थिएन्। पराजयका बाबजुत युभेन्टसको लिगमा एकपक्षीय अग्रता जारी छ। युभेन्टसका लागि पाउलो डिबालाले गोल गरेपनि भिएआरले उनको गोललाई मान्यता दिएन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.