|

डडेल्धुराः डडेल्धुराको गन्याधुरा गाउँपालिका–३ गुयलखेतमा हाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो। 

घाइते १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

घाइतेहरुलाई डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याइएको छ। घाइते र गम्भीर घाइतेको नाम खुलेको छैन। दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.