|

काठमाडौं : पुष्पला स्मृति प्रतिष्ठानले बामपन्त्री आन्दोलनका अगुवाहरूलाई सम्मान गरेको छ। प्रतिष्ठानले बसन्तपुरमा एक कार्यक्रम गरी नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएका तीन जना अगुवालाई सम्मान गरेको हो।

प्रतिष्ठानले बरिष्ठ एवं बयोबृद्ध बामपन्थी नेता बिष्णुबहादुर मानन्धर, कृष्णराज बर्मा र बरिष्ठ पत्रकार कमल कोइरालालाई सम्मान गरेको हो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा स्थापित प्रतिष्ठानले ‘शहीद गंगालाल श्रेष्ठ स्मृति तथा क्रान्तिवीर शहीद गंगालाल श्रेष्ठ’ कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो।

सम्मानित व्यक्तिहरुलाई प्रतिष्ठानका अध्यक्ष तथा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खादा ओढाएका थिए। 

सम्मान ग्रहणपछि विष्णुबहादुर मानन्धरले पुष्पला स्मृति दिवस सबै नेपालीले मनाउनुपर्ने बताएका थिए। ‘समस्त ३ करोड नेपालीले यो दिनलाई बिर्सनु हुँदैन तर हामीलाई बिर्सने रोग लागिरहेको छ’, उनले भने।

सहिद गंगालालले दिएको बलिदानको उच्च मुल्याङ्कन गर्नु आवश्यक रहेको बताउँदै मानन्धरले सच्चा हृदयले सम्मान गर्नुपर्ने बताएका थिए। 'गंगालाललाई सहृदयले श्रद्धान्जली अर्पण गर्ने हो भने नेपाललाई सही ढङ्गले सही दिशामा अगाडि बढाउनु पर्छ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.