|

हेटौँडा : रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला जागरण अग्रज पत्रकारिता पुरस्कार–२०७५ बाट पुरस्कृत भएका छन्। स्टेट भिजन प्रालिद्वारा संचालित तु–खबर डटकमको दोस्रो वार्षिक उत्सव कार्यक्रमको अवसरमा धमलालाई १५ हजार राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो। लामो समयदेखि पत्रकारिताको क्षेत्रबाट मुलुकको सुशासन, विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै धमलालाई पुरस्कृत गरिएको हो।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट पत्रकार धमलालाई सम्मान गरिएको थियो।  कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पत्रकार धमलाको चर्चित टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा आर्थिक क्रान्ति किन भएन भनेर बहस सुरु गर्नुपर्ने धारणा राखेका थिए। अध्यक्ष तिमल्सिनाले मुलुकको विकास र समृद्धिको लागि मिडियामा पत्रकार धमलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने विश्वास दिलाए। उनले थपे,‘ऋषिजीले यो काम गर्न सक्नुहुन्छ, मलाई पूरा विश्वास छ।’

त्यस्तै, प्रदेशन ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले पत्रकार धमललाई देशको पत्रकारिताको नेताको रूपमा चित्रण गरे। कार्यक्रममा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले नेपालको हरेक परिवर्तनका आन्दोलनमा पत्रकार धमलाको अग्रणी भूमिका रहेको बताए।

त्यस्तै प्रमुख प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री ईन्द्र बानियाँले पनि समग्र देशको विकासको लागि पत्रकार धमलाले खेलेको भूमिका महत्वपूर्ण र अतुलनीय रहेको बताए। यता, नेकपाका नेता एवं राष्ट्रियसभा सदस्य रामनारायण विडारीले पनि पत्रकार धमलाले मुलुकको विकास र समृद्धिको लागि विभिन्न मिडियाका माध्यमबाट अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए।

पुरस्कृत भएपछि सम्बोधन गर्दै पत्रकार धमलाले आफूले अब मुलुकको विकास र समृद्धिको लागि नै मिडियामार्फत सशक्त आवाज उठाउने विश्वास दिलाए। उनले मुलुक विकास हुनबाट बञ्चित हुनु भनेको नै भ्रष्टाचार रोग भएकोले भन्दै अब भ्रष्टाचारलाई जरैदेखि उखेल्ने पनि आफूले सशक्त अभियान चलाउने स्पष्ट पारे।

तु–खबर डटकमको प्रधानसम्पादक तथा अध्यक्ष गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष सम्माननीय गणेश तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोक्तान, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल, नेपाल पत्रकार महासंघ महासचिव रमेश विष्टलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा पत्रकार महासंघ ३ नं. प्रदेशका अध्यक्ष प्रताप विष्ट, थाहा नगरपालिकाका मेयर लबशेर विष्ट, उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघका अध्यक्ष नवराज अर्याल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं लगायतकाको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.