|

काठमाडौं : उपत्यकामा पछिल्लो २४ घन्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ४ जना सवारी चालक कारवाहीमा परेका छन्। 

जथाभावि पार्किङ गर्ने १ सय १७, लेन मिचेर चलाउने २ सय १८, मादक पदार्थ सेवन गरी चलाउने ३४, जेब्राक्रसमा रोक्ने ३५, निषेधित स्थानमा हर्न बजाउने ४९, अवस्था ठिक नभएको सवारी चलाउने ४० र ढोका खुला राखेर चलाउने ४३ जना चालक कारवाहीमा परेका महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

मंगलबार विभिन्न शीर्षकमा गरिएको कारबाहीबाट ११ लाख, ५ सय रुपैयाँ राजश्व संकलन भएको छ। पछिल्लो २४ घन्टामा काठमाडौ उपत्यकामा भएका २७ वटा सवारी दुर्घटना हुँदा २७ जना सामान्य घाइते भएका छन् भने १ जनाको मृत्यु भएको छ।

यसैबिच बितेको २४ घन्टामा विभिन्न नाका हुँदै १० हजार ८ सय ९० गाडीमा ७१ हजार ४ सय ९३ जना यात्रु काठमाडौ उपत्यका भित्रिएका छन्। १२ हजार ५७ गाडीमा ८१ हजार २७ जना यात्रु बाहिरिएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.