|

मुगु : मुगु र जुम्लामा स्थापाना गरिएका माटो प्रयोगशाला प्रयोगविहीन छन्। मुगुमा २०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना गरिएको प्रयोगशाला कर्मचारी अभावले सञ्चालनमा आएको छैन।

मुगुको माटो प्रयोगशाला एक साता र जुम्लामा साविकको कृषि कार्यालय रहनुञ्जेलमा सञ्चालनमा रहेको जिल्ला कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ। ती प्रयोगशालामा लाखौँ रुपैयाँका सामग्री छन्। 

कृषि ज्ञान केन्द्र जुम्लाले सम्पर्क कार्यालय मुगुलाई पनि हर्ने गरेको छ। मुगु, जुम्ला रहेको प्रयोगशाला कर्मचारी र बजेट नहुँदा प्रयोगविहीन रहेको कृषि ज्ञान केन्द्र जुम्लाका कार्यालय प्रमुख डा. तपेन्द्रबहादुर शाहले बताए।

प्रयोगशालाको पुनः सञ्चालनमा ल्याउन कर्मचारी बजेट व्यवस्था गर्न कर्णाली प्रदेश सरकारसँग आग्रह गरिएको कार्यालय प्रमुख शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.