|

चितवन : संघीय संसद राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय गौरवका आयोजनाले गति नलिनुमा एउटा मात्रै कारण नरहेको बताएकी छन।

नेपाल पत्रकार महासंघले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आयोजना प्रमुखको फेरबदर, झन्झटिलो खरीद प्रक्रिया र भुक्तानीका कारण आयोजनाले गति लिन कठिन भएको बताइन।

समितिले राष्ट्रिय गौरवका २१ आयोजनालाई उच्च प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गर्दै रावलले समितिका सदस्यलाई आयोजना छुट्याएर समस्या पहिचान गर्न जिम्मेवारी दिइएको बताइन। नीतिगत रूपमा देखिएका समस्या समाधान गर्नुपर्ने भन्दै उनले त्यसतर्फ समितिले काम गरिरहेको जानकारी दिइन।

आयोजनाको स्थलगत अध्ययन र छलफल कार्य तीव्र गतिमा अगाडि बढाइरहेको पनि रावलले बताइन। राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई डाईभर्सन र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लिएको उनले जानकारी दिइन।

सरकारका तीन तहबीच अझै पनि समन्वयको अभाव देखिएको बताउँदै सभापति रावलले तल्लो तहमा अनुभवी र पुराना कर्मचारी पठाउनु पर्नेमा त्यो हुननसकेको बताइन। संघ मातहत रहेका प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीलाई प्रदेश सरकारसँग कहीँ न कहीँ जोड्नुपर्ने उनको भनाइ थियो। संघ मातहका कर्मचारी र प्रदेश सरकारबीच समन्वयको अभाव देखिएको उनले बताएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.