|

हेटौँडा : दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ।

चैत ७ बिहीबारबाट चैत १६ गते शनिबारसम्म हेटौँडा–१० स्थित वनविज्ञान मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेल आयोजक र मच्छिन्द्र क्लबबीच हुने आयोजक संघ अध्यक्ष टिकाराम लामाले जानकारी दिए। प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा आयोजक, एक विदेशी र आठवटा नेपालका चर्चित ‘ए’ डिभिजन क्लबको सहभागिता रहने भएको हो।

प्रतियोगितामा आयोजक, दाफिन्स र थ्रीस्टार, आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मच्छिन्द्र, हिमालयन शेर्पा, सरस्वती र च्यासल युथ क्लब सहभागी हुने भएको हो । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः आठ लाख रुपैयाँ र चार लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०/२० हजार रुपैयाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिए। प्रतियोगितामा करिब ८५ लाख खर्च अनुमान गरिएको छ।

प्रतियोगिताका लागि फरेष्टि मैदान घेर्ने काम भइसकेको छ भने करिब चार हजार क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ। बाँसको र फलामको प्याराफिटको व्यवस्था गरिएको छ। प्रतियोगिताको उद्घाटन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ। प्रतियोगिता उद्घाटन समारोह दिउँसो २ बजेबाट हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.