|

चितवन : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाहा गर्न नसकेको स्वीकार गरेका छन्। बिहीबार चितवनमा आयोजित कार्यक्रममा महामन्त्री कोरालाले  प्रतिपक्ष भए पनि सोअनुसारको भूमिका निर्वाह गर्न नसकेको चर्चागर्दै उनले कांग्रेस पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको योगदानले देश यहाँसम्म आएको  बताए। 

गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भएको बताएका छन्। 'गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।' महामन्त्री कोइरालाले भने। 

धार्मिक स्वतन्त्रताको पक्षमा जनमत संग्रह गर्न सकिने बताउँदै हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको धारणा राखे। नेपाली कांग्रसको अन्तिम बिन्दु धर्म स्वतन्त्रता नै रहेको उनले बताए। सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको उल्लेख गर्दै उनले वार्ता र सम्वादमार्फत् समस्याको सामाधान खोज्नुपर्नेमा प्रतिबन्ध लगाउनु गलत भएको बताए। 

महामन्त्री कोइरालाले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै अहिलेसम्म प्रभावकारी योजना ल्याउन नसक्नु र कुनै नीति पनि कार्यान्वयन गर्न नसक्नु सरकारको असफलता भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.