|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकार विदेशी लगानी भित्र्याउन सक्षम नरहेको दाबी गरेका छन्।

पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता महतले नेपालको समृद्धिका लागि विदेशी लगानी आवश्यक रहे पनि त्यसका लागि सरकार सक्षम नभएको दाबी गरे। सरकारले वैदेशिक लगानी भित्र्याउन यही चैत्र १५ र १६ गते काठमाडौंमा ‘नेपाल लगानी सम्मेलन’ आयोजना गर्दैछ। तर, कांग्रेस नेता महतले सो लगानी सम्मेलनबाट वैदेशिक लगानी भित्र्याउन सरकारले आवश्यक पूर्वाधार विकास नगरेको दावी गरे। सडक, एयरपोर्टलगायतका भौतिक पूर्वाधार तयार नपारी आयोजना गर्न लागिएको लगानी सम्मेलनबाट वैदेशिक लगानी नआउने नेता महतको तर्क छ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले नेपालमा जलस्रोत, उद्योग, पर्यटन, वन लगायतको क्षेत्रको विकासका लागि वैदेशिक लगानी अनिवार्य भए पनि त्यसलाई भित्र्याउन भौतिक पूर्वाधार विकास गर्नु पर्नेमा सरकारले त्यसो गर्न नसकेको पनि स्पष्ट पारे।

कांग्रेस नेता महतले सरकारले वैदेशिक लगानी भित्र्याउन कानुन निर्माणको काम गरेपनि भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिन नसकेको पनि स्मरण गराए। उनले नेपालको समग्र विकासका लागि निजी क्षेत्र र सरकारको लगानी पर्याप्त नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.