|

संखुवासभा : मकालु गाउँपालिका–४ मा स्थानीयको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। कुटपिटबाट मकालु –४ का ५० वर्षीय लेले भोटेको मृत्यु भएको हो। भोटेले गत फागुन १७ सोही गाउँकी ४९ वर्षीय हेममाया राईलाई हातपात गर्न खोजेको विषलाई लिएर स्थानीयले कुटपिट गरेका हुन्।

स्थानीय बिग बहादुर राई, जय कुमार राई, जस मान राईको कुटपिटबाट गम्भीर घाइते भएका भोटेको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। फागुन १६ गते महिलालाई हातपात गरेको भन्दै उनका आफन्तले भोलिपल्ट भोटेलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए।

घाइते भोटेको काठमाडौंमा पनि उपचार हुन नक्ने बताएपछि चिकित्सकको सल्लाह अनुसार घर ल्याउने क्रममा तुम्लिङटारमा निधन भएको हो। कुटपिटमा संलग्नलाई नियन्त्रण्मा लिई ज्यान मार्ने उद्योगमा थप अनुसन्धान भइरहेको बताइएको छ। घटनामा संलग्नलाई कतव्य ज्यान मुद्दा दर्ता गराउने प्रहरी निरीक्षक राईले जानकारी दिए।

छुरा प्रहारबाट एक घाइते

संखुवासभा पाँचखपन नगरकालिका –३ सिबुवामा छुरा प्रहार गर्दा एक जना गम्भीर घाइेत भएका छन्। मादक पदार्थ सेवन गरेका बालेश्वर राईले विवादमा छुरा प्रहार गर्दा सुरज राई गम्भीर घाइते भएका छन्। गम्भीर घाइते राईको जिल्ला अस्पलात खाँदबारीमा उपचार हुन नसकेपछि बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको बताइएको छ।

छुरा प्रहार गर्न बालेश्वर लाई इलाका प्रहरी कार्यालय चैनपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.