|

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–११ मा छोराले बाबुको हत्या गरेका छन्। खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा संजय राईले ६२ वर्षीय बुबा भुवनसिंह राईको हत्या गरेको वडा नम्बर ११ का वडा अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए।

बुबाको हत्यामा संलग्न छोरा भने फरार रहेको वडा अध्यक्ष गुरुङले बताए। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राई घटनास्थल तर्फ गएको छ। प्रहरीको टोली घटनास्थल पुगेपछि घटनाको थप जानकारी आउने प्रहरी निरीक्षक राईले बताए। मृतकको शव मुचुलका तयार पारेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.