|

हेटौँडा : दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ अन्तर्गत शुक्रबार हुने हिमालयन शेर्पा क्लब र विभागीय टोली सशस्त्र प्रहरीको (एपीएफ) भिड्ने भएका छन् ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी प्रतियोगिताको दोस्रो खेल शेर्पा र एपीएफबीच हुन लागेको हो।  हेटौँडा–१० स्थित वनविज्ञान मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

दुवै ए डिभिजन क्लब हुन्। प्रतियोगिता आयोजक, एक विदेशसहित आठवटा ए डिभिजन क्लबहरुको सहभागिता रहेको छ। विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपैयाँ प्राप्त गर्नेछन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.