|

काठमाडौं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न सबै पक्षले सहयोगी भूमिका खेल्नुपर्ने बताएकी छन।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा पानी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मेलम्ची खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई पनि सचेत गराएकी थिइन।

शुद्ध पानी पिउने काठमाडौं उपत्यकाबासीको अधिकारलाई पूरा गर्न पनि सो आयोजना सम्पन्न गर्ने काममा ढिलाई गर्न नहुने सभापति खड्काको भनाइ थियो।

इटालियम ठेकेदार कम्पनी सिएमसीले काम पूरा नगरी छोडेर गएपछि सो आयोजनाको बाँकि काम अलपत्र परेको छ। समिति सभापति खड्काले सो आयोजनामा देखिएको समस्या तत्काल समाधान गर्न सबै पक्षले पहलकदमी लिनुपर्ने पनि स्पष्ट पारिन।

सभापति खड्काले भू-क्षय नै हुने गरी जथाभावी ढंगले विकास निर्माणको काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएकी छन। उनले ठूला आयोजना निर्माणको नाममा सरकारले नै बाढी, पहिरो आउने गरी विकास निर्माणको कामलाई अघि बढाएकोमा आपत्ति पनि जनाए। सभापति खड्काले पहिरो जस्ता प्राकृतिक विपत्ति आउन नदिने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सरकारको पनि गम्भिर ध्यानाकर्षण गराएकी छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.