|

काठमाडौं : मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार मेलिना राईको अफिसियल च्यानलबाट ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचरिङ छन्। राजीव समरको करियोग्राफी रहेको भिडियोमा बुद्ध थापाले क्यामेरा चलाएका छन्। अर्जुन तिवारी डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। भिडियोमा सुरेश काफ्लेले ड्रोन चलाएका छन्। 

सार्वजनिक उक्त गीतको एरेन्जर साहाश शाक्य हुन भने मिक्सिङ किशोर थापाले गरेका हुन्। मनोज जिसी प्रोडक्सन मेनेजर रहेको उक्त भिडियोमा सामा लामाले मेकअप गरेकी छिन्।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.