|

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले चाहने हो भने अबको एक सातामै पार्टी एकता टुंगिने बताएका छन्। प्रेस सेन्टर र प्रेस चौतारी चितवनद्वारा भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले सबै कुरा मिलिसकेकाले एकता प्रक्रिया चाँडै टुंगिने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता आकस्मिक रूपमा टुंगिने बताएको केही दिनपछि नेता नेपालले पनि सोही संकेत गरेका छन्। नेता नेपालले एकताको सुरुवातबाटै तत्कालीन एमाले र माओवादी केन्द्रले केन्द्रीय कमिटीको एकीकरणलगायत विभिन्न विषयमा गरेका हरेक प्रयास सहज रूपमा सम्पन्न भइरहेकाले तल्लो तहको एकता पनि चाँडै सकिने दावी गरे। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपा अर्का अध्यक्ष पुस्पकमल दाहाल 'प्रचण्ड' अमेराकाबाट फर्किना साथ एकताले पूर्णता पाउने प्रधानमन्त्री ओलीको भनाइलाई दोहोर्‍याएका छन्। पार्टी एकताको काम सम्पन्न गराउने एउटा पाटो भए पनि अहिलेको सरकारलाई लोकप्रिय बनाउने, सरकारका कामकारवाही प्रभावकारी बनाउने, पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रको प्रतिष्ठालाई माथि उठाउनु मुख्य विषयमा भएको उनको भनाई छ।कमी कमजोरी देखिए मन्त्री हेरफेर गर्नुपर्नेमा जोड दिँदै उनले भने, 'राम्राले मौका पानुपर्छ।'

पार्टीभित्र र सरकारमा रहेपछि कडा टिक्का टिप्पणी पनि सुन्नुपर्नेमा उनले हरेक आलोचनाबाट केही न केही सिक्नु पर्ने पनि बताए। उनले नकारात्मक सोच भएका केही व्यक्तिले आफूलाई एसिया प्यासिफिक सम्मेलनसँग जोडेर विवादमा तानिरहेकोप्रति आपत्ति जनाए।

नेता नेपालले जनताको व्यक्तिगत आस्थामा भर पर्ने विषयमा आफूले कहिल्यै एउटाको मात्रै पक्षपोषण नगरेको जिकिर गरे। धर्मलाई व्यक्तिको स्वतन्त्र अधिकारका रूपमा हेर्नु पर्नेमा जोड दिँदै उनले कसैले जवरजस्ती परिवर्तन गराउँछ वा गराउन उक्साउँछ भने संविधानअनुसार कारवाही हुनुपर्ने उनको भनाइ छ। होली वाइनको विषयमा टिप्पणी, आलोचना गर्नेलाई पागलपनको संज्ञा दिँदै उनले भने, 'म कहिल्यै नखाने मान्छे। २०५२ साल ताका पार्टीभित्रै सुधारको अभियान चलाउने मान्छे हुँ। जसले जे भन्याे त्याे सत्य नहुन सक्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.