|

काठमाडौं : चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै १० औं पटकको डा. गोविन्द केसीले २२ औं दिनमा आइतबार तोडेका छन्। विगतमा जस्तै यसपटक  पनि डा. केसीले बिरामीको हातबाट जुस पिएस अनसन तोडे।

यसपटक केसीलाई जुस पिलाएकी हुन् भूकम्पमा आमा गुमाएर बेसहारा बनेकी सिन्धुपालचोक गुन्चा-२ की साढे २ वर्षिया बालिका मार्साङ लामाले।  

को हुन् मार्साङ लामा?

२०७२ सालको विनाशकारी भूकम्प गएको बेलामा मार्साङ र उनकी आमा घरभित्रै थिए। भूकम्पले घर हल्लिन थालेपछि मार्साङलाई उनकी आमाले झ्यालबाट बाहिर फ्याँकिदिइन्। तर, मार्साङकी आमा भने घरभित्रै पुरिइन्। मार्साङकी आमा त्यस समयमा ५ महिनाकी गर्भवती थिइन्। 

आमा गुमाउँदा उनी जम्मा एक वर्षकी थिइन्। भर्खर हिँड्न र तोते बोली बोल्न शुरु गर्दैमा आमा गुमाएकी उनलाई बाबुले पनि छाडेर अर्कै विहे गरेर गएपछि आफन्तको संरक्षणमा थिइन्। मासाङ केही समय आफन्तकोमा नै बसिन्। त्यसपछि आफन्तले उनलाई बौद्धमा रहको हाउस विथ हार्ट नामक संस्थामा ल्याए।

हाल उनी त्यही संस्थाको संरक्षणमा रहेको उक्त संस्थाकी सुपर भाइजर समिष्णा थापाले बताइन्। बालिका बौद्धमा रहेको सांग्रिला पब्लिक स्कुलमा पढ्दै आएकी छिन्।

यसअघि नवौं पटकको अनसनमा पनि डा. केसीले एक जना बौद्ध भिक्षु र सप्तरीका बालकको हातबाट जुस पिएर अनसन तोडेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.