|

कपिलवस्तु : शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुहीका २२ वर्षीय सनी थारू रहेका छन्। 

चन्द्रौटा खसी बजारस्थित राजश्व चेकप्वाइन्टमा रोकिएको ना ६ ख ४१२६ नम्बरको ट्रकमा लु ४८ प ६९२८ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको प्रहरीले जनाएको छ। तीव्रगतिमा रहेका थारू चेक गर्न रोकिएको ट्रकको पछाडि ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। 

दुर्घटनाबाट गम्भीर घाइते भएका थारूको सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि राति नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.