|

काठमाडौं : नवलपरासीको गैँडाकोट नगरपालिका-८ विजय चोकमा ट्रकले ठक्कर दिँदा आइतबार राति एक वृद्धाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ ख ४४८४ नम्बरको ट्रकले बाग्लुङ जिल्ला जैनी-२ की ७३ वर्षीया बिना पार्वता ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी ढुंगानाको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा आइतबार राति मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय रजहरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.