|

काठमाडौं : कीर्तिपुरस्थित उच्च थुम्कामा प्रसिद्ध छ आदिनाथको मन्दिर। २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका लागि गत असारदेखि जीर्णोद्धार सुरु गरिएको छ। यस मन्दिरको पुनर्निर्माणको लागि  पचली भैरव /एल.एन.एम निर्माण सेवा जेभी कम्पनीहरूसँग सम्झौता भएको छ।

२०७५ साल माघ मसान्तसम्ममा पुननिर्माण गरिसक्ने यस मन्दिरको पुननिर्माण कुल खर्च भने करिब २ करोड ३ लाख रहेको छ। बीचमा निर्माण कार्य केही ढिलो भएको भए पनि हाल आएर यसको निर्माण तीव्र गतिका साथ अघि बढेको छ। मल्लकालमा यो मन्दिर ललितपुरमा थियो। समयसँगै ललितपुर काठमाडौंलाई बाग्मतीले छुट्याउँदा काठमाडौंमा पर्न गएको कथन रहेको छ।

स्थानीय इन्द्र शाक्यका अनुसार लोकेश्वर आदिनाथलाई बौद्ध धर्मावलम्बीले लोकेश्वर करुणामय र हिन्‍दु धर्मावलम्बीले आदिनाथका रूपमा पूज्ने गर्छन। श्री आनन्दादी लोकेश्वर उपत्यकाको चार करुणामयमध्ये एक हो। यहाँ पाँचजना पूजारीहरू रहने गरेको शाक्य बताउँछन्। पूजारीहरू सबै शाक्य थरका रहने प्रचलन रहेको छ। शाक्य भन्छन्, 'चार करुणामय चार गुणमा ग्रहदशा, भय, रोग, विघ्‍नबाट मुक्त गर्न आनन्दादी लोकेश्वर आदिनाथलाई लिइने गरिन्छ।' यहाँ देशका विभिन्न जिल्लाबाट दर्शनार्थी आउने गरेका छन्। यहाँ चैते दसैँमा जात्रा हुने गर्छ। विशेषगरी कात्तिकको पूर्णिमादेखि एक महिना विशेष मेला हुने गर्छ। ललितपुरबाट चार गुठीबाट गुठियार अनिवार्य आउने गर्छन्।

 मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधी तथा छालासम्बन्धी रोगबाट मुक्ति पाइने विश्वास रहेको शाक्यले बताए।  पितृ देवताको नाममा भाँडाकुँडा चढाएर उनीहरूलाई पितृलाई स्वर्गजान कुनै रोकटोक नहोस् भन्ने विश्वास छ। लामो आयुको कामना गर्दै  अकालमा मृत्यु नहोस्। धनधान्य परिपूर्ण हुन मनको कामना पूरा होस् भनेर आदिनाथमा ध्यान गरिने परम्परा पनि रहेको छ। खासमा यसको नाम श्री आनन्दादी लोकेश्वर भए पनि अपभ्रंश हुँदै जाँदा आदिनाथ भएको हो। स्थानीयका अनुसार  छालासम्बन्धी रोगबाट मुक्त हुनका निम्ति यहाँ पूजा गर्न आउने दर्शनार्थीको निकै भिड लाग्छ।

आनन्दादी मन्दिरमा भेटिएकी नुवाकोटकी पार्वती अधिकारीले आफ्नी दिवंगत छोरीको स्वर्गमा बास होस् भनेर दर्शन गर्न आएको बताइन्। मन्दिरमा चढाइएका पुरातात्विक सामानहरूको संरक्षणः स्थानीयहरूले नै गरिरहेको  शाक्यले बताए। उपत्यकाका नेवार र अन्य भक्तजनले लोकेश्वर करुणामय दर्शन गरी ध्वजा, विभिन्न भाँडाकुँडा, गरगहना चढाउने प्रचलन रहीआएको छ।

पितृलोकको नाममा भाँडाकुँडा चढाएर उनीहरूलाई कुनै रोकटोक नहोस् भन्न विश्वास छ। लामो आयुको कामना गर्दै अकालमा मृत्यु नहोस्। धनधान्य परिपूर्ण हुन मनको कामना पूरा होस् भनेर आदिनाथमा ध्यान गरिने परम्परा रहेको छ। खासमा यसको नाम श्री आनन्दादी लोकेश्वर भए पनि अपभ्रंश हुँदै जादा आदिनाथ भएको शाक्यले बताए। स्थानीयका अनुसार  छालासम्बन्धी रोगबाट मुक्त हुनका निम्ति यहाँ पूजा गर्न आउने दर्शनार्थीको भिड लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.