|

काठमाडौं : आमाको किरिया बसेका गुल्मीको पूर्कोट दह गाविस–१ जुम्लीचौरका दुई बालिकाका लागि देश– विदेशबाट थप २ लाख १२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ। गुल्मीको जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समूदायसँग उठाएर पठाएको १ लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराईले काठमाडौंमा संकलन गरेको २९ हजार रुपैयाँ ती बालिकालाई सहयोग गरिएको हो।

संकलित रकम काठमाण्डौमा एक समारोहकाबीच गुल्मी क्षेत्र नंबर ३ का सांसद गोकर्ण बिष्टले बालिकाका गाउँले एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई हस्तान्तरण गरे। ती बालिकाको शिक्षाका लागि सुशील अर्याल, सूर्यकिरण कुँवर, लिला खरेल, बोमबहादुर थापा, कृष्णहरि बरालले जनही पाँच हजार रुपैयाँ दिएका सहयोगको संयोजन गरेका पत्रकार मदन खनालले जानकारी दिए।

कार्यक्रममा सांसद गोकर्ण बिष्टले बालिकालाई पठन पाठनको व्यवस्था मिलाउने घोषणा गरे। ३६ वर्षकी दुर्गाकुमारी भुसालको कमजोर आर्थिक अवस्थाका कारण बेलैमा उपचार नपाएर मंसिर तीन गते मृत्यू भएपछि १३ वर्षीया संगीता र एघार वर्षीया रमिता किरिया बसेको समाचार थाहाखबरले प्रकाशित गरेको थियो।

कमजोर आर्थिक अवस्थाका कारण बालिकाहरुको पढाईमा बाधा पुग्ने देखिएपछि सहयोग अभियान चलाईएको थियो छ। बालिकाका पिता दुर्गा भुसाल बेरोजगार छन् भने अरु दुई बहिनी पनि साना छन्। कात्तिक २० गते जन्मिएकी बालिकाको स्थानीय विश्व भुसालले जिम्मा लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.