|

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले पार्टीको निर्देशनअनुसार सरकार चल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार रिपोर्टस क्लवको साक्षात्कारमा बोल्दै नेता सापकोटाले दलिय व्यवस्थामा दललाई सर्वोपरि भूमिकामा राख्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे। उनले पार्टी एकतामा भएको ढिलाईप्रति पनि असन्तुष्टि पोखे। उनले दलको सर्वोपरि भूमिका र एकीकरणको आवश्यकतामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैको ध्यान पुग्न नसकेको टिप्पणी गरे। उनले भने 'दलीय व्यवस्थामा दललाई सर्वोपरी भूमिकामा राख्नुपर्नेमा एकीकरण नै नटुंगिएपछि धेरै ठूलो नोक्सान भएको छ। स्थानीय तह संचालनमा, प्रदेश सरकार संचालनमा, केन्द्रीय तह नै संचालन गर्न धेरै गाह्रो परेको छ। किनभने पार्टीको निर्देशनमा सरकार चल्नु पर्ने हो। यसमा अध्यक्षहरूको ध्यान पुगेको छैन।'

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमिति संयोजकसमेत रहेका नेता सापकोटाले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको १ सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउँनै पर्ने भन्दै त्यससम्बन्धी आवश्यक निर्देशन गरिएको जानकारी दिए। उनले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनलाई बल पुग्ने गरि निर्देशन गरिएको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.