|

गुल्मी :  गुल्मीमा जीप दुर्घटना हँदा १० जना घाइते भएका छन् भने दुईको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। 

लु १ ज १९५७ नं को जिप मालिका गाउँपालिका दर्लिङदेखी  बुटवलका लागि छुटेको जिप मुसीकोट नगरपालिका १ चैनडाडामा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी  निरीक्षक रविन्द्रबहादुर खडकाले जानकारी  दिए।

खडकाका अनुसार घाइते मध्ये धुर्कोट गाउँपालिकाका रुद्धमणि भण्डारी र अर्का एक जना  बालकको अवस्था चिन्ताजनक रहेको बताएका छन्। भण्डारी पूर्वसांसद हुन्।  घाइते सबैलाई जिल्ला अस्पताल गुल्मीमा ल्याईदै गरेको जानकारी दिए। दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.