|

काठमाडौं : अबको दुई हप्तापछि नेपाल प्रहरीका तीन दर्जनभन्दा बढी वरिष्ठ अधिकृत सेवाअवधिको कारण एकै पटक घर जाँदै छन्। मंसिर ३० गतेदेखि चार जना एसएसपी, आठ जना एसपी र २३ जना डीएसपी सेवाअवधि सकेर घर जान लागेका हुन्। पुस ५ गते दुई डीआइजीले अवकाश पाउनेछन्।

समयमा बढुवा समितिको बैठक नबस्दा र रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा प्रहरीभित्र एकै समयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरुले अवकाश पाउन लागेका हुन्। अहिले पनि प्रहरी संगठनभित्र ठूलो संख्यामा दरबन्दी खाली छ। 

प्रहरीको ७२ हजार ७१९ स्वीकृत दरबन्दी भएपनि हाल तीन हजार ७८७ दरबन्दी खाली छ। अहिले एक डीआइजी, १३ एसपी, १३ डीएसपी, प्रहरी निरीक्षक १०६, प्रहरी नायव निरीक्षक १०८, प्रहरी सहायक निरीक्षक ६४७, प्रहरी हवल्दार ११३, प्रहरी जवान एक हजार २५२  र फलोअर्स ५८ जनाको दरबन्दी खाली छ। 

प्राविधिकतर्फ पनि तीन डीआइजी, १० एसएसपी, ९ एसपी, ३६ जना डिएसपी, ९८ जना इन्स्पेन्टर, १२६ जना सई, ६३ जना असई, ५३७ जना हवल्दार र ५८५ जना जवानको दरबन्दी खाली छ। 

प्राविधिकतर्फको तीन डीआइजीको बढुवाको लागि प्रक्रिया अघि बढिसकेको छ भने अन्यको बढुवाका लागि कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। 

पछिल्लो समय अधिकृतदेखि जवानसम्मले पेन्सन पाकेपछि जागिर छोड्ने गरेका कारण दरबन्दी खाली हुने गरेको नेपाल प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीले जानकारी दिए। 

‘सेवा अवधि, उमेर हदका कारण अवकाश पाएपछि दरबन्दीहरु खाली भएका हुन्’, उनले भने– ‘सरकारले समयमा नै पदपूर्तिको व्यवस्था नहुँदा यो अवस्था आएको हो।’ प्रवक्ता मल्ल ठकुरी आफै पनि पुस ५ गते सेवाअवधि पूरा गर्दैछन्। 

के पर्छ असर?

प्रहरीमा तोकिए अनुसारको दरबन्दी पूर्ति नहुँदा दैनिक काम समेत प्रभावित हुन्छन्। दैनिक सुरक्षामा खटाउन पनि प्रहरी अपुग हुने अवस्था आउन सक्ने आशंका प्रहरी प्रवक्ता मल्लको छ।

एकै पटक धेरै जना बाहिरिँदा यसको सिधा असर इन्सपेक्टर तहमा पुग्नेछ। माथिल्ला तहहरुमा बढुवाबाट पदपूर्ति हुने भएकोले असर नपरेपनि इन्सपेक्टर तहमा समस्या पर्ने प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरी बताउँछन्। उनका अनुसार एकजना इन्सपेक्टर बन्न तीन वर्ष समय लाग्छ।

‘विज्ञापन प्रकाशित, छनौट, शारीरिक परीक्षण, लिखित परीक्षा र नतिजा प्रकाशन गर्न नै एक वर्ष समय लाग्छ’, उनले भने, ‘त्यसपछि पनि १८ महिनाको तालिमपछि मात्र बल्ल एउटा अधिकृत तयार हुन्छ।’

त्यसमाथि गृह, रक्षा र अर्थ मन्त्रालयबीच हुने लामो कानुनी प्रकृयाले पनि तोकिएको समयमा पदपूर्तिमा कठिनाइ हुने गरेको मल्लले बताए। 

को को जाँदैछन् घर?

२०७३ मंसिर ३० गते घर जानेहरु प्रहरी अधिकृतहरु

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)
उत्तमबहादुर सिंह
योगेश्वर रोमखानी
विक्रम सिंह थापा
भूपाल कुमार भण्डारी


प्रहरी उपरीक्षकहरु (एसपी)

गोविन्दराम परियार
जगतमान श्रेष्ठ
अजय भट्टराई
प्रेमबहादुर मल्ल
इश्वरी प्रसाद चापागाई
स्थानेश्वर रेग्मी
पवन कुमार गिरी
सुदनकुमार सिजापती


प्रहरी नायव उपरीक्षक (डीएसपी)

कृष्णबहादुर कुँवर
अरुणकुमार शाह
दीपक न्यौपाने
तोरणकुमार कार्की
दीपककुमार शाह
जगन्नाथ गौतम
ज्ञानेन्द्रबहादुर पाख्रिन
मोहनकुमार परियार
यादवकुमार धर्ती
मिनबहादुर रावल
विजयकुमार यादव
डम्बरबहादुर चन्द
डोलराज शाही
सोमबहादुर थापा
जीवनकुमार श्रेष्ठ
किशनसिंह बडुबाल
वालाजी रायमाझी
भक्तबहादुर विष्ट
दिलिप सिंह भण्डारी
कमलेशकुमार भट्ट
महेन्द्रबहादुर चन्द
केपी शर्मा
रुपेशकुमार रावल


२०७३ पुस ५ गते घर जानेहरु

प्रहरी नायव महानीरिक्षक (डीअाइजी)

केशव अधिकारी
हेमन्त मल्ल ठकुरी


२०७३ पुस १५ गते घर जानेहरु (एक जना डीअार्इजीमा बढुवा हुनसक्ने)

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)

गणेश केसी
लव विष्ट
केदारमान सिंह भण्डारी
बलराम शर्मा पौडेल
रमेशकुमार भट्टराई

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.