|

जुम्ला : स्याउका बिरुवा सुक्न मर्न थालेपछि जुम्लाका किसान  चिन्तित भएका छन्। सात वर्षअघि लगाइएका एक हजार ५०० विरुवा बर्सेनि सुक्दै गएको तातोपानी गाउँपालिका–७ ताम्तीका कृषक मुनबहादुर रावतले बताए। 

रावतका अनुसार स्याउका हाँगा र जोर्नीमा दाग आउने गरेको छ। ‘प्रत्येक वर्ष स्याउ सुक्दै जान थालेका छन्,’ रावतले भने ‘बाँकी रहेका बिरुवा फूल फुलेर झर्छन्। फल लागे पनि पूर्ण नपाक्दै झर्ने गरेको छ।’

स्याउका हाँगामा सेतो ढुसी, सानासाना प्वाल देखिने गरेको तिला गाँउपालिका–५ डुग्रिंका दीपक शाहीले बताए। जुम्ला प्रांगारिक जिल्ला भएकाले प्रांगारिक विधिबाट उपचार गर्नुपर्ने कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख डा. तपेन्द्र शाह बताउँछन्। ‘स्याउका विरुवामा कागजजस्तै मसिना पत्र निस्कने रोग पिपरी वार्थ हो,’ उनले भने, ‘प्रांगारिक जिल्ला भएकाले यसको उपचार नीलोथुतोको मिश्रणबाट गर्नु पर्छ।’ स्याउका विरुवामा प्वाँल पार्ने कीरा सुरुमा डाँठभित्र प्रवेश गर्ने र पछि वयस्क भएर निस्किने उनको भनाइ छ।

कहीँ कतै त्यस्ता प्वाँल देखिएमा कपासको माध्यमले मट्टितेलले सफा गर्न डा( शाहको सुझाव छ। समय समयमा आवश्यकता अनुसार सिँचाइ गरेमा, मलजल गरेमा विरुवामा देखिने यस्तो समस्या कम हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.