|
File Photo

काठमाडाैं :  आइसिसी यू–१९ विश्वकपका लागि भइरहेको एसियन छनोट अन्तर्गतको तेस्रो खेलमा नेपाल मलेसियासँग आठ विकेटले विजयी भएको छ। ५० ओभरको खेलमा नेपालले दुई विकेट गुमाएर १३ ओभरमा विजयी लक्ष्य भेट्टाएको हो। नेपालले जितको लागि ९३ रनको चुनौति पछ्याएकोमा १३ ओभरमा ९५ रन बनाएको हो।

 नेपालले विजयी गराउने क्रममा नटआउट रित गौतमले ३९ र रोहित पौडेलले ६ रन हाने। पौडेलले पहिलो बलमा छक्का हानेका हुन्। त्यस्तै पवन सराफले १९ रन र आसिफ शेख २६ रन बनाएर आउट भएका थिए।

मलेसियालाई सस्तैमा समेटने क्रममा कुशल मल्ल र पवन सर्राफले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र  सागर ढकालले एक विकेट लिए। पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण युएईसँग १ रनले पराजित भएको थियो। सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग भने वर्षाले डिएलको सिकार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.