|

ओखलढुंगा : सिद्धिचरण नगरपालिका २ निसंखेमा आगलागी हुँदा एक घर नष्ट भएको छ भने आठ चौपाया जलेका छन्। आगलागीका कारण स्थानीय तिलक कार्कीको घर चौपाया जलेका हुन्।

साँझ ७:३० बजे आगलागी भएको हो। प्रहरी चौकी निसंखेका प्रहरी र स्थानीयको प्रयासले आगो नियन्त्रण गरिए पनि खरले छाएको छानो र पानीको अभावका कारण घरभित्र रहेका खाद्यान्न धनमाल केही जोगाउन नसकिएको स्थानीय सविन कार्कीले बताए। घरमा रहेका आठ बाख्रा पनि मरेका छन्।

आगलागीबाट अन्दाजी ५ छ लाख बराबरको धनमाल नष्ट भएको अनुमान लगाए पनि आगो लाग्नुको कारण र क्षतिको अनुसन्धान प्रहरीले गरिरहेको प्रहरीले जनाएको छ। घरबारविहीन भएको कार्की परिवार छिमेकीको शरणमा बसेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.