|

भद्रपुर, (झापा) : झापाको काँकडभिट्टा र भद्रपुर बोर्डर मंगलबार बेलुका ६ बजेदेखि ४८ घण्टाका लागि बन्द गरिएको छ।

भारतको पश्चिम बंगालको दार्जिलिङ र विहारको किशनगञ्ज जिल्लामा बैशाख ५ गते (अप्रिल १८ तारिक) विहीबार लोकसभा निर्वाचन हुन लागेकोले बोर्डर बन्द गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

दार्जिलिङ र किशनगञ्ज जिल्ला झापा बोर्डरसँग जोडिएकोले काँकडभिट्टा, भद्रपुर, डिगलबैंक लगायतका बोर्डर बैशाख ५ गते बेलुका ६ बजेसम्म बन्द गरिएको डिएसपी श्रेष्ठले बताए। ‘बोर्डर बन्द गरिएकोले काँकडभिट्टा र भद्रपुरको मेची पुलबाट कुनै पनि सवारी साधन र मानिस आवतजावत गर्न दिइने छैन', उनले भने।

इलाका प्रहरी कार्यालय काकँडभिट्टाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेश थापाका अनुसार ६ बजेदेखि नै मेची पुलमा ढाट लगाएर बन्द गरिनेछ। भद्रपुरको मेची पुलमा पनि ढाट लगाएर बन्द गरिने वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार भारतीय प्रहरीको पत्रचार बमोजिम ४८ घण्टाका लागि बोर्डर बन्द गरिएको हो। नेपाल भारत जोडने बोर्डर कुनै पनि देशमा चुनाव हुनु ४८ घण्टा अगाडि नै दुवै देशको सुरक्षाकर्मीको सहकार्यमा बोर्डर बन्द गरिदै आइरहेको छ।

बैशाख ५ गते पश्चिम बंगलाको दार्जिलिङ, जलपाइगुढी, रायगञ्ज र विहारको किशनगञ्ज, कटिहार, पूर्णिया, भागलपुर र बांका गरी भारत विभिन्न राज्यमा ९७ सिटका लागि लोकसभा निर्वाचन हुँदैछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.