|

काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई अनुमोदित गरेको छ।

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मतिले अनुमोदित गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानरारी दिए।

समितिमा थपलियाविरुद्ध परेका ६ उजुरीमाथि र उनका अनुभव र कार्ययोजनाबारे छलफल भएको थियो।

त्यस्तै, राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको नाम पनि समितिले अनुमोदन गरेको छ। 

पढ्नुहोस्ः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.